Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विश्व बैंकका प्रमुखद्धारा राजीनामाको घोषणा

विश्व बैंकका प्रमुखद्धारा राजीनामाको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ४, २०७९ बिहिवार • १०:४४:०४ बजे
  • 466
    SHARES
  • विश्व बैंकका प्रमुखद्धारा राजीनामाको घोषणा

    विश्व बैंकका प्रमुख डेभिड मालपासले राजीनामा घोषणा गरेका छन् । आफ्नो कार्यकाल पूरा नहुँदै डेभिडले विश्व बैंकका प्रमुखबाट राजीनामा दिएका हुन् । डेभिडको कार्यकाल २०२४ मा समाप्त हुँदै थियो ।

    images

    डेभिड मालपासको कार्यकालमा विश्व बैंकका सामु धेरै विश्वव्यापी चुनौतीहरू थिए । जसमा कोभिड महामारी, युक्रेनमा रुसको आक्रमण र विश्वव्यापी आर्थिक चुनौतीहरू पर्छन् ।

    ६६ वर्षीय डेभिड मालपासले भने, ‘धेरै सोच विचारपछि म अब नयाँ चुनौती सामना गर्ने समय हो भन्ने निष्कर्षमा पुगेको छु । सहज नेतृत्व परिवर्तन हुने अवसर यही हो ।’

    डेभिड मालपास डोनाल्ड ट्रम्पको कार्यकालमा विश्व बैंकको प्रमुख नियुक्त भएका थिए ।

  • सम्बन्धित विषय:

  • # विश्व बैंकका प्रमुख
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology