Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रधानमन्त्रीलाई रविकाे फोन- चन्द्र भण्डारी र आमाको उपचारमा कुनै कमी नहोस्

प्रधानमन्त्रीलाई रविकाे फोन- चन्द्र भण्डारी र आमाको उपचारमा कुनै कमी नहोस्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ४, २०७९ बिहिवार • १०:५९:१० बजे
  • 358
    SHARES
  • प्रधानमन्त्रीलाई रविकाे फोन- चन्द्र भण्डारी र आमाको उपचारमा कुनै कमी नहोस्

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीलाको उपचारमा कुनै कमी हुन नदिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

    images

    बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर सभापति लामिभछानेले बुधबार राति खाना पकाउने ग्यास पड्किएर गम्भीर घाइते भएका सांसद भण्डारीका आमाछोरोको उपचारमा कुनै कमि हुन नदिन आग्रह गरेका हुन् ।

    ‘प्रिय चन्द्र भण्डारी दाइ, म अन्तरआत्मादेखि नै तपाईं र ममतामयी आमाको स्वास्थ्य लाभको कामना गर्दछु’, लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईंको उपचारमा कुनै कमी नहोस् है भनेर भर्खरै प्रधानमन्त्रीज्यूलाई पनि विनम्र अनुरोध गरेको छु,’ लामिछानेले सामाजिक सञ्जालमा भनेका छन् ।

    घाइते आमाछोराको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको छ भने थप उपचारका लागि भारत लाने तयारी गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology