Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ४, २०७९ बिहिवार • १७:२२:५७ बजे
  • 574
    SHARES
  • राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ

    उपप्रधान तथा भौतिक योजनामन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् ।

    images

    बिहीबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले प्रधानमन्त्रीमा जस्तै राष्ट्रपतिमा समेत सबै दलको सहमति खोजिएको बताए ।

    नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठले आफूहरुले समीकरण बदल्न नचाहेको बताउँदै भने, ‘हाम्रो समीकरण बदल्ने चाहना होइन ।

    हाम्रो कारणले त्यस्तो परिस्थिति सृजना गर्नु हुँदैन भन्नेमा स्पष्ट छौँ ।’ उनले वर्तमान सरकारलाई संसदमा भएका ९९ प्रतिशतले विश्वासको मत दिएकाले सबैजसो पार्टीले प्रधानमन्त्रीलाई समर्थन गरेको बताउँदै भने, ‘यो ऐतिहासिक परिघटना हो ।’

    उनले राष्ट्रपतिमा समेत सबै दललाई समेट्न आवश्यकता देखिएको बताउँदै भने, ‘संसदमा भएका सत्तापक्ष र प्रतिपक्ष सबै दलको सहमतिमा राष्ट्रिय वातावरण बनाएर राष्ट्रपति चयन गर्नुपर्छ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology