Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बडालको नेतृत्वमा अनेरास्ववियुको १९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित

बडालको नेतृत्वमा अनेरास्ववियुको १९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ५, २०७९ शुक्रवार • ११:१३:५७ बजे
  • 445
    SHARES
  • बडालको नेतृत्वमा अनेरास्ववियुको १९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित

    नेकपा एमालेनिकट अनेरास्ववियुले समिक बडालको अध्यक्षतामा नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

    images

    बिहीबार सम्पन्न महाधिवेशनले आगामी २ वर्षका लागि बडालको नेतृत्वमा १९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको हो ।अध्यक्षमा समिक बडाल, उपाध्यक्षहरूमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती , मर्यादा बिष्ट निर्वाचित भएका छन्।

    त्यस्तै महासचिवमा नरेश रोकाया, सचिवहरूमा सञ्जीव धिताल, दीपक धामी, डा. सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाई, अन्जना सिवाकोटी, आरति भट्टराई, विनिता काफ्ले निर्वाचित भएका छन ।

    त्यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन् । नयाँ निर्वाचित कमिटीलाई आज दिउँसो ३ बजे नेकपा एमाले पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ ।

    शपथ ग्रहणपछि नयाँ कमिटीको पहिलो बैठक पनि पार्टी कार्यालय च्यासलमा नै बस्नेछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology