Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दुर्गा प्रसाईंसहित ८१ जनालाई कारबाही गर्न एमाले प्रदेश कमिटिको सिफारिस

दुर्गा प्रसाईंसहित ८१ जनालाई कारबाही गर्न एमाले प्रदेश कमिटिको सिफारिस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ६, २०७९ शनिवार • १२:५८:४३ बजे
  • 799
    SHARES
  • दुर्गा प्रसाईंसहित ८१ जनालाई कारबाही गर्न एमाले प्रदेश कमिटिको सिफारिस

    नेकपा एमालेको प्रदेश १ कमिटीले ८१ जना प्रदेश कमिटी सदस्यलाई कारबाही गरेको छ ।

    images

    शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले पार्टीको नीति सिद्धान्त विपरीत गतिविधि गरेको भन्दै नेता एवं व्यवसायी दुर्गा प्रर्साईंसहित ८१ जनालाई पार्टीबाट हटाउने निर्णय गरेको हो ।

    एमाले प्रदेश कमिटीका सचिव चिन्तन पाठकले प्रदेश कमिटीको जिम्मेवारीमा रहेर ५ पटकसम्म बैठकमा अनुपस्थित भएकाहरूलाई कारबाही गरिएको बताए ।

    उनले बैठकमा उपस्थित नभएका र प्रदेश कमिटीको कुनै पनि गतिविधिमा संलग्न नभएका ८१ जनालाई जिम्मेवारीबाट हटाइएको जनाकारी दिए । स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीविरुद्ध बागी विद्रोही भएकाहरूलाई पार्टीबाट निष्कासन गरेको छ ।

    बैठकले दुर्गा प्रसाईंलाई पार्टीको केन्द्रीय सदस्यबाट निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ । केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई राखेर कार्यक्रम गरेपछि उनलाई पार्टीबाट हटाउनुपर्ने माग उठ्दै आएको थियो ।

    मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले धर्म र राष्ट्रियता बचाउने भन्दै अभियान सुरु गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology