Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गठबन्धन भत्काउन विदेशीहरुको चलखेल भइरहेको छ : योगेश भट्टराई

गठबन्धन भत्काउन विदेशीहरुको चलखेल भइरहेको छ : योगेश भट्टराई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ६, २०७९ शनिवार • १६:०१:०७ बजे
  • 706
    SHARES
  • गठबन्धन भत्काउन विदेशीहरुको चलखेल भइरहेको छ : योगेश भट्टराई

    नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धन भत्काउन विदेशी शक्तिले चलखेल गरिरहेको बताएका छन् । शनिबार प्रेस चौतारी कर्णाली प्रदेश समितिले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो दावी गरेका हुन् ।

    images

    नेता भट्टराईले भने, ‘यो गठबन्धन बनाउन कुनै विदेशीको भूमिका छैन । नेपाली माटोबाटै उत्पादन भएको हो । तर, अहिले भत्काउन चाहिँ विदेशीहरू सक्रिय भएको सुन्दैछौँ ।’ उनले सत्ता गठबन्धन भत्काउन लाग्नेहरूको नै गठबन्धन बन्दै गरेको बताए ।

    ‘अहिले गठबन्धन भत्काउन लाग्नेहरू बन्ने बेलामा सुतिरहेका थिए । उनीहरूलाई शङ्कै थिएन ओली र प्रचण्ड मिल्लान् भनेर’ उनले भने, ‘हिजोसम्म झगडा गरेका थिए भन्ने लागेको थियो । त्यस बेलामा पत्तै नपाउनेहरुले अहिले थाहा पाएपछि हामी असफल भयौँ भनेर भत्काउन लागिरहेका छन् ।’

    उनले प्रधानमन्त्री प्रचण्डले आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्ने प्रस्तावसहित गठबन्धन निर्माण भएको स्मरण गरे । राष्ट्रपति एमालेले पाउने प्रस्ताव पनि प्रचण्डकै भएकाले पुस १० को सहमतिमा कुनै फेरबदल नहुने बताए ।

    ‘एमालेले प्रस्तावित गरेको उम्मेदवार नै राष्ट्रपतिको उम्मेदवार हुन्छ’ उनले भने, ‘जुन गठबन्धन भित्र रहेका दलहरूको साझा उम्मेदवार हुनेछ ।’

  • सम्बन्धित विषय:

  • # योगेश भट्टराई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology