Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गोविन्द गुरुङ कृषि विकास बैंकको सीइओ नियुक्त

गोविन्द गुरुङ कृषि विकास बैंकको सीइओ नियुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ७, २०७९ आइतवार • १२:३२:०१ बजे
  • 472
    SHARES
  • गोविन्द गुरुङ कृषि विकास बैंकको सीइओ नियुक्त

    स्वदेशी तथा विदेशी बैंकहरूको नेतृत्व गरिसकेका गोविन्द गुरुङ कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त भएका छन् ।

    images

    यसअघि नेपालमा सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निर्वाह गरिसकेका गुरुङ पछिल्लो समय म्यानमारस्थित म्यानमार सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

    म्यानमारबाट नेपाल फर्के लगतै गुरुङ कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।

    पत्रकारिता पेशा हुँदै बैंकिङ क्षेत्रमा प्रवेश गरेका गुरुङ गीतकार समेत हुन् । राम्रो बैंकरको छवि बनाएका गुरुङले दर्जनौँ गीतसमेत लेखेका छन् ।

    गुरुङले कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा सोमबार पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

  • सम्बन्धित विषय:

  • # गोविन्द गुरुङ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology