Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने विश्वप्रकाशको दाबी

कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने विश्वप्रकाशको दाबी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ७, २०७९ आइतवार • १२:३५:२१ बजे
  • 373
    SHARES
  • कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने विश्वप्रकाशको दाबी

    सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका छन् ।

    images

    आइतबार बिहान सुर्खेत पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै शर्माले पार्टीकै कमजोरीको कारण कांग्रेस सत्ता बाहिर पुगेको बताए ।

    समाजका सबै मान्छेहरूमा असन्तुष्टि बढिरहेको वर्तमान सत्ता समीकरण धेरै नटिक्ने दाबी गरे । वर्तमान गठबन्धन एम्बुस‌ थापेर बनेको शर्माको टिप्पणी थियो ।

    चुनावअघिको गठबन्धन कुनै एम्बुस थापेर नभई समयको आवश्यकताले बनेको उनको जिकिर थियो । कार्यक्रममा उनले नेपाल देशलाई चिन्नका लागि कर्णाली बुझ्नुपर्ने बताए।

    कर्णालीलाई समृद्ध नबनाई नेपालको समृद्धि हुन नसक्ने उनको भनाइ थियो । नेपाल देश चिन्नका लागि कर्णाली पैदल हिँड्नुपर्ने उनले बताए ।

  • सम्बन्धित विषय:

  • # विश्वप्रकाशको दाबी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology