Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महासचिव गुरुङको प्रश्न : पूर्वराजा ज्ञानेन्द्रसँग कुन मुद्दामा सहकार्य गर्ने ?

महासचिव गुरुङको प्रश्न : पूर्वराजा ज्ञानेन्द्रसँग कुन मुद्दामा सहकार्य गर्ने ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ७, २०७९ आइतवार • १२:३८:४५ बजे
  • 874
    SHARES
  • महासचिव गुरुङको प्रश्न : पूर्वराजा ज्ञानेन्द्रसँग कुन मुद्दामा सहकार्य गर्ने ?

    नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पूर्वाराजा ज्ञानेन्द्र शाहको विज्ञप्ति औचित्यपूर्ण नभएको बताएका छन् । प्रेस सेन्टर कास्कीले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव गुरुङले सो कुरा बताएका हुन् ।

    images

    ‘पूर्वराजा ज्ञानेन्द्रसँग कुन मुद्दामा सहकार्य गर्ने ? देशमा संविधान, गणतन्त्र स्थापना भइसकेको छ ।

    लोकतन्त्र र संविधानको रक्षा गर्न सहकार्य हुन्छ,’ उनले भने, ‘तर उहाँहरूले संविधान र गणतन्त्र स्वीकार नगरेकाले पूर्वराजा ज्ञानेन्द्रसँग कुनै सहकार्यको औचित्य छैन ।’ सबै राजनीतिक दलहरूले समर्थन गर्न सक्ने व्यक्ति नै राष्ट्रपति हुने गुरुङले बताए ।

    ‘वर्तमान परिस्थिति हेरेर अहिलेको खतरा हुनसक्ने आकलन माओवादीले गरेको छ ।

    संविधान र राष्ट्रियतालाई जोखिममा पर्न सक्ने परिस्थितिलाई मध्यनजर गरेर सहमतिमै राष्ट्रपति चयन गर्छौैं ।’

  • सम्बन्धित विषय:

  • # महासचिव गुरुङ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology