Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राष्ट्रपतिमा माओवादीले एमालेलाई साथ दिन्छ : ओली

राष्ट्रपतिमा माओवादीले एमालेलाई साथ दिन्छ : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ७, २०७९ आइतवार • १३:०६:३८ बजे
  • 808
    SHARES
  • राष्ट्रपतिमा माओवादीले एमालेलाई साथ दिन्छ : ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा माओवादीले एमाले उम्मेदवारलाई साथ दिनेमा ढुक्क रहेकाे बताएका छन् ।

    images

    एमाले निकट राष्ट्रिय खेलकुद महासंघको अधिवेशन उद्घाटन गर्न आइतबार विराटनगर पुगेका अध्यक्ष ओलीले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति निवर्नचनमा माओवादी केन्द्रले साथ दिँदैन कि भन्ने कल्पना भनदा बाहिरको कुरा भएको बताएका हुन् । राष्ट्रपतिको विषयमा माओवादीसँग पहिला नै सहमति भइसकेको उाले बताए ।

    ‘राष्ट्रपतिको चुनावमा माओवादीले साथ दिँदैन कि भन्ने कल्पना नै नगर्नुस्,’ ओलीले भने,‘सबै कुरा पहिला नै फिक्स भइसकेको छ। राष्ट्रिय सहमतिका साथ एमालेका उम्मेदवार राष्ट्रपति निर्वाचित हुन्छन्।’

    पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा सन्देशमा दिँदै दल र राजसंस्थाबीच सहकार्यको प्रस्ताव गरेको प्रसंगमा ओलीले त्यस्तो प्रस्तावको कुनै अर्थ नभएको बताए । ज्ञानेन्द्र शाह आफैं अलमलमा हुनुहुन्छ ।

    त्यस्तो प्रस्तावको कुनै अर्थ छैन,’ ओलीले भने।

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology