Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कारबाहीमा पर्नुअघि दुर्गा प्रसाइँले छाडे एमाले

कारबाहीमा पर्नुअघि दुर्गा प्रसाइँले छाडे एमाले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ७, २०७९ आइतवार • २०:४३:१६ बजे
  • 508
    SHARES
  • कारबाहीमा पर्नुअघि दुर्गा प्रसाइँले छाडे एमाले

    नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टीले कारबाही गर्नुभन्दा अगाडि एमालेमा नरहेको घोषणा गरेका छन् ।

    images

    नेकपा एमाले प्रदेश १ कमिटीले पार्टीको साधरण सदस्यसमेत नरहने गरी निष्कासन गर्न केन्द्रलाई सिफारिस गरेको २४ घण्टा नवित्दै प्रसाइँले एमाले छाड्ने घोषणा गरेका हुन् ।

    एमालेले प्रसाइँलाई कारबाही प्रक्रिया अगाडि बढाएको थियो । तर, त्यसअघि नै उनले आइतबार झापामा पत्रकारहरुसँग काठमाडौं गएर राजीनामा बुझाउने बताएका हुन् ।

    उनले काठमाडौं गएर अध्यक्ष केपी ओलीलाई पार्टी छाडेको पत्र दिने समेत बताएका छन् । प्रसाईंलाई गत वर्ष २६ मंसिरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।

    उनलाई एमालेले उद्योग, वाणिज्य तथा आपूर्ति विभागको सहइन्चार्जको जिम्मेवारी दिएको थियो । तर, पछिल्लो समय प्रसाइँले पार्टीको नीति र सिद्धान्तविपरीत गतिविधिमा संलग्न भएको भन्दै निष्कासन गर्न प्रदेश १ कमिटीले सिफारिस गरेको थियो ।

    दुर्गा प्रसाईंले यही १ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारलाई सहभागी गराएर झापामा कार्यक्रम गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology