Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखराबाट रात्रिकालीन र अन्तर्राष्ट्रिय उडान अझै अनिश्चित

पोखराबाट रात्रिकालीन र अन्तर्राष्ट्रिय उडान अझै अनिश्चित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ८, २०७९ सोमवार • १०:३३:१५ बजे
  • 496
    SHARES
  • पोखराबाट रात्रिकालीन र अन्तर्राष्ट्रिय उडान अझै अनिश्चित

    । नागरिक उड्डयन प्राधिकरणले फेब्रुअरी २३ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको थियो । अन्तर्राष्ट्रिय उडान सुरु भएपछि विमानस्थलबाट स्वतः रात्रिकालीन उडान हुने प्राधिकरणले जनाएको थियो । तर, उडान हुने दिन नजिकिँदा पनि यसका लागि क्यानमा हालसम्म कुनै पनि एयरलाइन्सले अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने अनुमति पाएका छैनन् भने प्राधिकरणबाट आन्तरिक उडानतर्फ रात्रिकालीन उडानका लागि अहिलेसम्म कुनै सेड्युल जारी भइसकेको छैन ।

    images

    विमानस्थल सञ्चालन गर्ने सेवा सुविधासँगै पूर्वाधार बनिसकेको भए पनि अहिलेसम्म कुनै एयरलाइन्सले अनुमति नपाएको विमानस्थल प्रमुख विक्रम गौतमले बताए । जनवरी १ बाट सञ्चालनमा आएको यो विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य, श्री, गुण लगायतका वायुसेवाले आन्तरिक उडान गर्दै आएका छन् ।

    ‘हामी रात्रिकालीन उडान र अन्तर्राष्ट्रिय उडानको तयारी भइसक्यौँ । म्याचुरिटी पिरियडका लागि मात्र कुरेका हौं । यो पनि पूरा भइसक्यो । विमानस्थललाई चाहिने इकुपमेन्ट र डकुमेन्ट र स्रोतहरू पूरा भइसके,’ उनले भने, ‘अब कति बजे कसले, कुन दिन उडान गर्ने भन्ने कुरा एयरलाइन्सको कोर्टमा पुगेको छ ।

    अहिलेसम्म रात्रिकालीन र अन्तर्राष्ट्रिय उडान हुने सेड्युल आएको छैन ।’ पोखरा विमानस्थल इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) फेब्रुअरी २३ बाट लागू हुन्छ । आएफआर प्रणाली सञ्चालनसँगै सोही दिनबाट अन्तर्राष्ट्रिय र रात्रिकालीन उडान गर्न सके पनि अहिलेसम्म सेड्युल नआउँदा अनिश्चित बनेको हो । यद्यपि कोरियन एयर, बीज एयर, हिमालय, नेपाल वायुसेवा निगम लगायतको चासो देखाएको प्राधिकरणले जनाएको छ ।

    ‘अन्तर्राष्ट्रिय उडान नभए पनि बुद्धले आन्तरिक तर्फ साँझमा उडान गर्ने कुरा आएको छ । तर, आधिकारिक सूचना छैन,’ प्रमुख गौतमले भने । फ्लाइट प्रमाणित नेपाल नागरिक उड्डयन प्राधिकरणले चोक जाँच गर्छ । तर, यहाँबाट पनि उडान हुने जानकारी आएको छैन । माघ १ गते यति एयरलाइन्सको विमान दुर्घटनापछि पोखराबाट जोमसोम, भरतपुर, नेपालगन्जलगायतको नियमित उडान भएको छैन ।

    अरू ठाउँमा भने आन्तरिक उडान भने भइरहेको छ । आजभोलि आन्तरिक प्रस्थान विन्दुतिर पनि यात्रुको चाप कम छ । विमानस्थल सञ्चालनमा आएको १३–१४ दिनसम्म यात्रुको खचाखच रहे पनि अहिले यात्रु सङ्ख्या नपुग्दा फ्लाइट खुम्चिएका छन् । ‘विमानस्थललाई अरू समस्या छैन । अन्तर्राष्ट्रिय उडानका इलिजेबल भइसक्यौँ । सबै प्यारा मिटर पूरा भइसक्यो । अब यसका लागि प्यासेन्जर कार्गोको कुरा हो । चासो त लिएका छन् । आशा गरौँ उडान छिटै हुन्छन्,’ प्रमुख गौतमले भने ।

    प्रमुख गौतमले सबै विमानस्थल राम्रो बनाएर तयारी पूरा गरे पनि प्रमोसन राम्रो गर्न नसकिएको बताए । विश्वसामु लिए जाँदा बिजनेससँगै फ्यासिलिटी दिनुपर्ने उनको भनाइ छ । ‘अन्तर्राष्ट्रिय उडान गर्न एआईपी गरिसकेको छौँ उहाँहरूले बुझ्दै हुनुहुन्छ होला । कस्तो पार्किङ छ, कति रनवे छन्, कति वटा ट्याक्सी वे छन् । टर्मिनल सुविधा कति छ । त्यो हेरेपछि उडान गर्ने नगर्ने उहाँहरूको हातमा छ,’ गौतमले भने । पोखराबाट अन्तर्राष्ट्रिय उडान हुने मुख्यतः वैदेशिक रोजगारीमा रहनेहरू तथा धार्मिक सांस्कृतिक पर्यटक हुन् । उडान भर्ने भनिएका जजिरा, फ्लाइ दुवै, कतार एयरवेज र बुद्ध एयरले अनुमति पाएका छैनन् । पोखरा विमानस्थलबाट बुद्ध एयरले भारतका तीन गन्तव्य पोखरा–बनारस–पोखरा, पोखरा–दिल्ली–पोखरा र पोखरा–देहरादुन–पोखरामा उडान गर्ने योजना बनाएको थियो । व्यवसायीहरूले भारत तर्फ नभए चीन तर्फ पहिलो अन्तर्राष्ट्रिय उडान गराउन माग गरेका छन् । तर, चीनबाट पनि कुनै अनुमति आइसकेको छैन ।

    नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै वायुसेवाले आइएफआर प्रणाली अन्तर्गत उडान अनिवार्य गर्नुपर्नेछ । आइएफआर उडान भर्ने अनुमति फेब्रुअरी २३ मात्र लागु हुन्छ ।

    विमानस्थलमा फ्लाइट सङ्ख्या घट्नु र अन्तर्राष्ट्रिय उडान समेत अनिश्चित हुँदा चर्को ऋणको ब्याज र किस्ता विमानस्थलबाट नउठ्ने भन्दै आलोचना समेत हुने गरेको छ । चिनियाँ एक्जिम बैंकबाट २२ अर्ब रुपैयाँ चर्को ब्याजमा लिएर यो विमानस्थल निर्माण गरिएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology