Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक रेग्मी पक्राउ

बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक रेग्मी पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ८, २०७९ सोमवार • १३:३७:३४ बजे
  • 802
    SHARES
  • बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक रेग्मी पक्राउ

    बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् ।

    images

    थाईल्याण्डबाट नेपाल आउँदै गरेका बेला केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । रेग्मीलाई विमानस्थलबाटै पक्राउ गरिएको साइबर ब्यूरोका एसएसपी नवीन्द अर्यालले जानकारी दिए ।

    उनका अनुसार साइबर अपराधको आरोपमा पक्राउ परेका रेग्मीको आजै अदालतमा म्याद थप गरिने तयरी भइरहेको छ । रेग्मीले सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारहरुविरुद्ध अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाउने गरेको आरोपसहित साइबर ब्युरोमा उजुरी परेको थियो ।

    गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएपछि उनलाइ पक्राउ गरिएको बुझिएको छ ।

     

  • सम्बन्धित विषय:

  • # सञ्चालक रेग्मी पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology