Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गजल

गजल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २, २०७७ शुक्रवार • १९:३९:५४ बजे
  • 2.3K
    SHARES
  • गजल
    गोरो होला तिम्रो, कालो सहि छाला त छ मेरो पनि 
    चाउरीएको किन नहोस् दाजै गाला त छ मेरो पनि ।

    कति हेप्छौ अनि चेप्छौ टाई सुटमा सजिदै तिमीले
    राम्रो ना सहि आङ ढाक्नलाई टाला त छ मेरो पनि ।

    धाक बेसी देखाउँछौ त्यो दाईजो अनि ससुरालको
    धन नभए पनि मन भएको साला त छ मेरो पनि ।

    भरि भराउ ह‍ोलान् घर तिम्रो महङ्गा माल्सामानले 
    चोयाले बुनेको किन नहोस् डाला त छ मेरो पनि ।

    साथ होउ तिमी निसङ्कोच मात्र तर्कि हिन्छौ किन 
    फराकिलो दिल अनि राम्रै चाला त छ मेरो पनि ।

    सोम श्रेष्ठ द्वाल्खामी
    दोलखा नेपाल

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology