Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

महासचिव देव गुरुङको प्रश्न : एमाले विशेषको राष्ट्रपति भन्ने कुन संविधानमा छ ?

महासचिव देव गुरुङको प्रश्न : एमाले विशेषको राष्ट्रपति भन्ने कुन संविधानमा छ ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ८, २०७९ सोमवार • १७:०८:३० बजे
  • 358
    SHARES
  • महासचिव देव गुरुङको प्रश्न :  एमाले विशेषको राष्ट्रपति भन्ने कुन संविधानमा छ ?

    राष्ट्रपति पद नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले कुनै दल विशेषको राष्ट्रपति हुन नसक्ने बताएका छन् ।

    images

    उनले संविधान विपरीत एमाले विशेषको राष्ट्रपति बनाउनुपर्छ भन्ने कुनै संविधानमा उल्लेख नभएको बताए । महासचिव गुरुङले सोमबार पार्टी कार्यालय पेरिस डाँडामा पत्रकारसँग कुरा गर्दै राष्ट्रपतिको विषय सत्ता गठबन्धनसँग जोडिएको विषय नभएको भन्दै संविधानको भावना र मर्मअनुसार आफूहरूले राष्ट्रिय सहमतिको कुरा गरिरहेको बताए ।

    ‘संविधानको भावनाअनुसार जानुपर्छ । संविधानको संरक्षक हो राष्ट्रपति पद । त्यसैले संविधानविपरित हामी मान्दैनौ’, गुरुङले भने, ‘दलहरूको जस्ट सिफारिस मात्र हो ।’

    महासचिव गुरुङले प्रश्न गर्दै एमाले पार्टी विशेषको राष्ट्रपति हुन नसक्ने पनि बताए । ‘एमाले पार्टी विशेषको राष्ट्रपति भन्ने छ कतै ? संविधानको भावनामा त्यस्तो छ ?’, उनले कुनै दलले प्रस्ताव राख्न पाउने भएपनि कुनै दल विशेषलाई राष्ट्रपति बनाउन नसकिने बताए ।

    जसले साझा सहमति जुट्न सक्ने पात्र अघि सार्छ, जसले राष्ट्रियता र संविधानको पक्षमा काम गर्छ र उसैलाई माओवादीले राष्ट्रपतिमा समर्थन गर्ने महासचिव गुरुङको दावी छ । उनले एमालेलाई धोका दिएको भन्ने कुरा पनि सत्य नभएको बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology