Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अवको २ महिना जनतामा गएर उनीहरूका रिपोर्ट ल्याउन प्रचण्डको निर्देशन

अवको २ महिना जनतामा गएर उनीहरूका रिपोर्ट ल्याउन प्रचण्डको निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ८, २०७९ सोमवार • १७:१३:३० बजे
  • 478
    SHARES
  • अवको २ महिना जनतामा गएर उनीहरूका रिपोर्ट ल्याउन प्रचण्डको निर्देशन

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अवको २ महिना जनतामा गएर उनीहरूका रिपोर्ट ल्याउन नेताहरूलाई निर्देशन दिएका छन् ।

    images

    सोमबार पोखराको लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री समते रहेका अध्यक्ष प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।

    ‘दुई महिनाभित्र हामी केन्द्रीय समितिको पूर्ण बैठक बस्छौं । त्यतिञ्जेल जनता र कार्यकर्तामा गएर उनीहरूका कुरा सुनौं, उनीहरूका सुझाव लिउँ, सहिद परिवार, वेपत्ता परिवार, घाइते अपाङ्ग साथीहरू भेटौं ।

    उनीहरूको सुझावका आधारमा पार्टी पुनर्निर्माण र रूपान्तर गरौं’, अध्यक्ष प्रचण्डको निर्देशन छ । उनले समाजवादी मोर्चा निर्माणका लागि छलफल भइरहेको पनि बताए ।

    ‘यसबारे आगामी केन्द्रीय समितिको बैठकसम्म हामी एउटा निष्कर्षमा पुग्छौं । देशमा विद्यमान समस्यालाई अवसरमा बदल्न मोर्चाको महत्वपूर्ण कार्यभार रहन्छ ।

    केही पार्टीहरूसँग एकताको निम्तिसमेत गृहकार्य भइरहेको छ । छिट्टै एउटा निष्कर्षमा पुग्छौँ’, अध्यक्ष प्रचण्डको भनाइ छ ।

    उनले वर्तमान सरकारले जनताको अवस्था बदल्ने कुरालाई केन्द्रमा राखेर काम गरिरहेको भन्दै नयाँ सरकारले जनताको पक्षमा महत्त्वपूर्ण कामहरू गरेको बताए । ‘अर्थतन्त्रमा सुधार ल्याउन गम्भीर पहल गरेको छ, सुधार पनि आएको छ।

    सरकारी सेवाप्रवाह चुस्त बनाउने कार्ययोजना बनाइएको छ। हाम्रो प्रयासको नतिजा छिट्टै देखिनेछ’, प्रचण्डको भनाइ छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology