Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

टर्कीमा पुनः ६.३ म्याग्नेच्युडको भूकम्प गयो

टर्कीमा पुनः ६.३ म्याग्नेच्युडको भूकम्प गयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ९, २०७९ मंगलवार • १०:०५:३२ बजे
  • 499
    SHARES
  • टर्कीमा पुनः ६.३ म्याग्नेच्युडको भूकम्प गयो

    टर्कीमा पुनः शक्तिशाली भूकम्प गएको छ । ७.८ म्याग्नेच्युडको भूकम्प गएको दुई सातापछि सोमबार पुनः ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको हो ।

    images

    दक्षिणी टर्कीको हतय प्रान्तलाई केन्द्रविन्दु बनाएर भूकम्प जाँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

    टर्कीका अधिकारीहरुले सोमबारको भूकम्पमा परी दुई सय ९४ जना घाइते भएको बताएका छन् । उक्त भूकम्पपछि दर्जनौं पराकम्पनहरू गइरहेको त्यहाँका अधिकारीले जनाएका छन् ।

    भूकम्प गएको हतय प्रान्त सिरियाको नजिकै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    दुई साताअघि गएको शक्तिशाली भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेहरूको संख्या ४६ हजार नाघेको छ ।

  • सम्बन्धित विषय:

  • # भूकम्प गयो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology