Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चुनावअघि राष्ट्रपति हाम्रो पार्टीलाई दिन देउवा–प्रचण्ड सहमत थिए : माधव नेपाल

चुनावअघि राष्ट्रपति हाम्रो पार्टीलाई दिन देउवा–प्रचण्ड सहमत थिए : माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ९, २०७९ मंगलवार • १६:४१:२१ बजे
  • 841
    SHARES
  • चुनावअघि राष्ट्रपति हाम्रो पार्टीलाई दिन देउवा–प्रचण्ड सहमत थिए : माधव नेपाल

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले राष्ट्रपतिका लागि आएको प्रस्तावबारे केही नसोचेको बताएका छन् ।

    images

    मंगलबार दाङका सञ्चारकर्मीहरूसँग कुरा गर्दै चाहाना राख्नु एउटा कुरा भए पनि त्यसबारे आफू र आफ्नो पार्टीले केही सोचिसकेको अवस्था नरहेको बताएका हुन् । त्यस क्रममा उनले पावर सेयरिङका सवालमा आफ्नो पार्टीको भूमिका हुनुपर्ने बताए ।

    ‘चाहना राख्ने कुरा बेग्लै हो, मैले पनि के गर्ने भन्ने सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भन्ने सोचिसकेको छैन’, उनले भने, ‘हाम्रो पार्टीको धारणा पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ ।

    पावर सेयरिङमा भूमिका नभएर सधैँभरी अरूको निम्तीमात्रै बलिदान हुने र अरूले फाइदा उठाउने कुरा हुन सक्दैन ।’ पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले देशको हित गर्ने सन्दर्भमा सबै गम्भीर हुनुपर्ने बताए ।

    ‘संविधान र गणतन्त्रको रक्षाका लागि सजग हुनुपर्ने र गणतन्त्र जोगाउने कुरा अहिलेको आवश्यकता हो । तर हाम्रोतर्फबाट राजनीतिक मूल्यमान्यता र आदर्शलाई त्यागेर कुनै किसिमको सहमति, सम्झौता सम्भव छैन ।

    यिनै कुराहरूलाई ध्यानमा राखेर कुराकानीहरू गर्छौ । कुरा गर्न चाहने र विचार मिल्न सक्नेसँग कुरा गर्छौ’, नेपालको भनाइ छ ।

    उनले राष्ट्रपतिबारे चुनावअघि कांग्रेस र माओवादीसँग कुरा भएको भन्दै त्यस बेला आफूहरूले नाम अघि सारेको र त्यसमा कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्ड दुवैले सहमति जनाएको बताए ।

  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology