Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

महन्थलाई राष्ट्रपति बनाउन प्रस्ताव, आज देउबालाई भेट्दै

महन्थलाई राष्ट्रपति बनाउन प्रस्ताव, आज देउबालाई भेट्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १०, २०७९ बुधवार • ०९:३४:५८ बजे
  • 385
    SHARES
  • महन्थलाई राष्ट्रपति बनाउन प्रस्ताव, आज देउबालाई भेट्दै

    लोकातान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) ले सहमतीय राष्ट्रपतिको उपयुक्त पात्र महन्थ ठाकुर रहेको भन्दै आज नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन ।

    images

    मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटवार्ता गरेका लोसपाका शिर्ष नेताले आज कांग्रेस सभापति देउवासँग भेटवार्ता गर्न लागेका हुन् ।

    ‘सहमतीय राष्ट्रपतिका लागि महन्थजी उपयुक्त पात्र भन्ने प्रस्ताब लिएर प्रधानमन्त्री र एमाले अध्यक्ष केपी ओलीजीसँग भएको भेटबार्तामा सकारात्मक कुरा भएको छ,’ लोसपाका शिर्ष नेता राजेन्द्र महतोले भने, ‘सोही क्रममा बुधवार चाँही कांग्रेस सभापति देउवाजीसँग भेटवार्ता गर्दैछौं ।’

    उनका अनुसार सभापति देउवासँग बिहान ९ बजे भेटवार्ता हुनेछ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पुर्व सहमति तोडेर सहमतीय राष्ट्रपतिको अडान लिएपछि राजनीतिक दलहरुबीच भावी राष्ट्रपतिका लागि दौडधुप चलिरहेको र निष्कर्षमा पुग्न कठिन अवस्था बनिरहेको बेला लोसपाले आफनो अध्यक्ष ठाकुरलाई अघि सारेको हो ।

  • सम्बन्धित विषय:

  • # आज देउबालाई भेट्दै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology