Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चिनियाँ राजदूत सोङले भेटे प्रधानमन्त्री

चिनियाँ राजदूत सोङले भेटे प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १०, २०७९ बुधवार • ११:०४:३० बजे
  • 346
    SHARES
  • चिनियाँ राजदूत सोङले भेटे प्रधानमन्त्री

    नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

    images

    बुधबार बिहान बालुवाटार पुगेर राजदूत सोङले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । राष्ट्रपति उम्मेदवारका विषयमा दलहरुबीच खिचातानी भइरहेका बेला राजदूत सोङ बालुवाटार पुगेका हुन् ।

    भेटमा राजदूत सोङले राष्ट्रपति को बन्ने भन्नेबारेमा जिज्ञासा राखेको स्रोतले बतायो । जवाफमा प्रचण्डले दलहरुबीच छलफल जारी रहेकाले सहमतिमा राष्ट्रपति चयन हुने जानकारी गराएका थिए ।

    राजदूत सोङले एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि हालै भेट गरेका थिए । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले पनि हालै नेपालको भ्रमण गरेर राष्ट्रपति निर्वाचनबारे चासो राखेका थिए ।

    फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते मनोनयन दर्ताको मिति तोकिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology