Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण कतार

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण कतार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १०, २०७९ बुधवार • १४:१४:५२ बजे
  • 478
    SHARES
  • प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण कतार

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतार जाने भएका छन् ।

    images

    प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार उनी फागुन २० गते कतार जाने निश्चित भएको छ । उनी विकाससम्बन्धी सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

    दुई दिने भ्रमण सकेर उनी फागुन २२ गते काठमाडौं फर्कने कार्यक्रम तय भएको छ । कतारको दोहामा हुने सो सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुखहरू सहभागि हुनेछन् ।

    प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय मिडियालाई दिएको अन्तर्वार्तामा उनले आफ्नो पहिलो विदेश भ्रमण भारत हुनसक्ने बताएका थिए । तर, उनको पहिलो विदेश भ्रमण कतार हुने भएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology