Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओलीले नेपाललाई राष्ट्रपति प्रस्ताव गरेपछि झस्कियो माओवादी

ओलीले नेपाललाई राष्ट्रपति प्रस्ताव गरेपछि झस्कियो माओवादी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १०, २०७९ बुधवार • १४:१८:३५ बजे
  • 448
    SHARES
  • ओलीले नेपाललाई राष्ट्रपति प्रस्ताव गरेपछि झस्कियो माओवादी

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेपछि नेकपा (माओवादी केन्द्र)का नेताहरू झस्किएका छन् । राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउनुपर्ने अडान लिएको माओवादीले नेपाललाई राष्ट्रपति प्रस्ताव गरेपछि सशङ्कित बनाएको हो ।

    images

    ओली र नेपालबीच पानी बाराबार भएको अवस्थामा नेपाललाई राष्ट्रपति प्रस्ताव गर्नुमा आशङ्का गर्ने ठाउँ रहेको माओवादी केन्द्रका सचिव गणेश शाहले बताए ।

    ‘केपी जीले राष्ट्रपति बनाउन धेरै व्यक्तिको नाम प्रस्ताव गर्नुभयो । सभामुख जस्तै राष्ट्रपति पनि आफ्नै पकेटको व्यक्तिलाई बनाउन सकिन्छ कि भनेर लाग्नुभयो । प्रधानमन्त्री ज्यूले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने अडान लिएपछि केपी जीले माधव नेपालको नाम प्रस्ताव गर्नुभएको छ’ शाहले भने, ‘माधव कमरेडलाई राष्ट्रपति बनाएर पार्टी एकता गर्न खोज्नु भएको छ । त्यो नेपाल स्वयम र उहाँको पार्टीलाई समेत राम्रो हुँदैन ।’

    कसैले कसलाई राष्ट्रपतिमा प्रस्ताव गर्दामा सुनिश्चित नहुने शाहले बताए । एमाले र एकीकृत समाजवादीबीच एकता गरेर माओवादीलाई पाखा लगाउने ओलीको रणनीति हुन सक्ने माओवादीको आशङ्का रहेको छ । ओलीले प्रस्ताव गर्ने राष्ट्रपतिमा प्रधानमन्त्री प्रचण्डले समेत आशङ्का व्यक्त गर्ने गरेका छन् । ओली सरकार बाहिर वा भित्र जहाँ भएपनि गेम खेलिरहने भएकाले उनको प्रस्तावलाई अनेक कोणबाट प्रचण्डले विश्लेषण गर्ने गरेका छन् ।

    अब ओलीले प्रस्ताव गर्ने व्यक्तिलाई प्रचण्डले राष्ट्रपति बनाउने अवस्था नरहेको एक मन्त्रीले बताए । ‘अहिले एकीकृत समाजवादीसँग एकता गर्ने सर्तमा माधव जीलाई राष्ट्रपतिमा प्रस्ताव गर्नु भएको छ । पार्टी एकता गरेर संसद्को ठुलो दलबाट प्रधानमन्त्री दाबी गर्न खोजेको देखिन्छ’ ती मन्त्रीले भने, ‘यदि पार्टी एकता गर्ने गरी नेपाल राष्ट्रपति हुने अवस्था आए राम्रो भयो ।

    पहिलो सर्त पूरा नभए दोस्रो तत्कालीन गठबन्धनमा भाँजो हाल्ने र विवाद बढाउने केपी कमरेडको रणनीति देखिन्छ ।’ प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई राष्ट्रपतिमा निर्णय गरेर आउन आग्रह गरेका छन् ।

    राष्ट्रपतिमा पार्टीबाट आधिकारिक रुपमा निर्णय भएर आएमा सहयोग गर्न सहज हुने प्रचण्डको भनाई छ । कांग्रेसबाट राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले दाबी गर्दै आएका छन् ।

    पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवाले समेत राष्ट्रपति बन्न आशय व्यक्त गर्ने गरेका छन् । यदि देउवा नै कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार भएमा प्रचण्डलाई समेत निर्णय गर्न सहज हुने माओवादी नेताहरू बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # झस्कियो माओवादी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology