Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चस्मा लगाउनेलाई कारोनाको संक्रमण हुने सम्भावना कम : वैज्ञानिक

चस्मा लगाउनेलाई कारोनाको संक्रमण हुने सम्भावना कम : वैज्ञानिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३, २०७७ शनिवार • ०९:०२:१० बजे
  • 2.9K
    SHARES
  • चस्मा लगाउनेलाई  कारोनाको संक्रमण हुने सम्भावना कम : वैज्ञानिक
    एजेन्सी । चिनियाँ वैज्ञानिकको टोलीले गरेको अध्ययनमा चस्मा लगाउने व्यक्तिलाई नलगाउने व्यक्तिको तुलनामा कोरोना भाइरसको संक्रमण कम हुने देखिएको छ । न्युयोर्क टाइम्सका अनुसार चीनको सिजोउको एक अस्पतालमा ४७ दिनको अन्तरमा २ सय ७६ जना बिरामीमा गरिएको अध्ययनमा वैज्ञानिकहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।
    अध्ययनका क्रममा वुहानमा कोरोना भाइरसको संक्रमण सुरु हुने बेलामा पनि चस्मा लगाउने संक्रमित कम पाइएको थियो । अध्ययनमा संलग्नहरुले दैनिक चस्मा लगाउने व्यक्तिमा कोरोना संक्रमण हुने सम्भावना कम भएको दावी गरेका छन् । स्वास्थ्य क्षेत्रका विज्ञहरुले यो विषयमा थप अध्ययन गर्नुपर्नेमा जोड दिएका छन् । आँखामार्फत कोरोना प्रवेश गर्ने कुरालाई चस्माले रोक्ने भए पनि अन्य कुनै कारण छ कि भनेर अध्ययन गर्नुपर्नेमा उनीहरुको जोड छ ।
    चस्मा लगाएपछि मानिससँग कुराकानी गर्दा वा हावाको सतहमा भएका भाइरस आँखामा सिधै प्रवेश गर्ने सम्भावना कम हुन्छ । बेलाबेलामा आँखा मिच्ने सम्भावना पनि कम हुन्छ । यस्तै अन्य कुनै कारण छ कि भनेर अध्ययनमा जोड दिइएको न्युयोर्क टाइम्समा उल्लेख छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology