Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कलंकी-महाराजगञ्ज सडक बिस्तारको काम छिट्टै सुरु हुन्छ : मन्त्री श्रेष्ठ

कलंकी-महाराजगञ्ज सडक बिस्तारको काम छिट्टै सुरु हुन्छ : मन्त्री श्रेष्ठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ११, २०७९ बिहिवार • १३:१६:१३ बजे
  • 646
    SHARES
  • कलंकी-महाराजगञ्ज सडक बिस्तारको काम छिट्टै सुरु हुन्छ : मन्त्री श्रेष्ठ

    उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कलंकी–महाराजगञ्ज सडक खण्ड विस्तारको काम छिट्टै सुरु हुने बताएका छन् ।

    images

    आज बिहान सडक खण्डको स्थलगत निरिक्षण गर्दै उनले उक्त सडक विस्तारको काम सुरु गर्ने बताएका हुन् । आज (बिहीबार) मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदूत चेन सङ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले सडक खण्डको निरीक्षण एवं अवलोकन गरेको हो ।

    अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले दोस्रो खण्डको चक्रपथ बिस्तार अब चाँडै सुरु हुने सहमति भएकाले बताए । उनले भने, ‘दोस्रो खण्ड चक्रपथ बिस्तार गर्ने काम सम्पन्न गर्नुछ।

    कलङ्कीदेखि कोटेश्वरसम्मको काम सम्पन्न भइसकेको छ । यो काम अघि बढाउन पनि चीन सरकारले सहमति दिइसकेको छ । त्यसैअनुसार काम अघि बढाउन हामीले पहल गरिरहेका छौँ ।

    यो बीचमा धेरै समयसम्म यो काम हुन सकेन । नेपालका लागि चिनियाँ राजदूतसँग छलफल गरी छिटो भन्दा छिटो काम अघि बढाउने सहमति भएको छ । समस्याको समाधान निकाली सकेको छौँ ।

    बिजुली पोल र मन्दिरहरू अर्को ठाउँमा बनाउने तयारी भएको छ र छिट्टै हामीले काम सुरु गर्ने सहमति भएको छ । सरकारले बाँकी समस्या तदारुकताका साथ हल गर्ने कुरा भएको छ ।

    बिजुलीका पोल, स्वयम्भूअघिको समस्याहरूका कुराहरू छन्, त्यसमा सांस्कृतिक सम्पदा भत्काउनु हुँदैन भनेर त्यहाँको डिजाइन नै परिवर्तन गर्ने कुरा भएको छ । सकेसम्म महाराजगन्जदेखि धोबी खोलासम्म काम गर्नुहोस् भन्ने आग्रह गरेका छौँ । तर सहमति भने त्यो होइन ।’

  • सम्बन्धित विषय:

  • # मन्त्री श्रेष्ठ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology