Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बैठकमा बामदेब गर्जन-महाकाली सन्धि गर्नेहरुले क्षमा माग्नु पर्छ

बैठकमा बामदेब गर्जन-महाकाली सन्धि गर्नेहरुले क्षमा माग्नु पर्छ

प्रकाश बिश्वकर्मा

प्रकाश बिश्वकर्मा

आषाढ १४, २०७७ आइतवार • ०५:४१:१६ बजे
  • 2.1K
    SHARES
  • बैठकमा बामदेब गर्जन-महाकाली  सन्धि गर्नेहरुले क्षमा माग्नु  पर्छ

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले महाकाली सन्धि गर्नेले क्षमायाचना गर्नुपर्ने बताएका छन्।

    images

    शनिबारको स्थायी समिति बैठकमा विषयमा बोल्दै उपाध्यक्ष गौतमले २०५४ मा महाकाली सन्धि गलत छ भनेर विरोध गर्दा आफूमाथिकारबाही भएको समेत स्मरण गर्दै यस्तो बताएका हुन् ।

    महाकाली सन्धिकै कारण पार्टी फुट्यो, हामीले भारतको हेपाइ र दमन खेप्न पर्‍यो’, बैठकमा गौतमले भने, ‘महाकाली सन्धि गर्न अघिसर्ने नेता नै अहिले पार्टी र सरकारको नेतृत्वमा हुनुहुन्छ, उहाँले क्षमायाचना गरेर मलाई सम्मान गर्नुपर्छ।

    गौतमले आफूलाई न्याय दिन पार्टी नेतृत्वसामू माग समेत गरे । यसका लागि महाकाली सन्धिलाई लिएर आफूमाथि कारबाही गर्नु गल्तीथियो भनेर पार्टी भन्नुपर्ने उनको माग छ महाकाली सन्धी गर्दा महाकालीको मुहान प्रष्ट नभै सन्धि गर्न हतारिएकै कारण लिम्पियाधुरालिपुलेक र कालापानी भारतले मिचेको समेत उनले बताए !

    भारतसँग वार्ता र छलफलबाटै सीमा समस्या समाधान गर्नुपर्ने बताउँदै उपाध्यक्ष गौतमले वार्ता गर्न नमाने दबेर बस्नु नहुने र विकल्पमाछलफल गर्नुपर्ने बताए ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • प्रकाश बिश्वकर्मा

    प्रकाश बिश्वकर्मा मयूरपाटी डिजिटल पत्रिकाकाे प्रधान सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology