Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रचण्डलाई प्रश्न- पुरानो गठबन्धन ब्युँतिएको हो ?

प्रचण्डलाई प्रश्न- पुरानो गठबन्धन ब्युँतिएको हो ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ११, २०७९ बिहिवार • १५:१२:४१ बजे
  • 445
    SHARES
  • प्रचण्डलाई प्रश्न- पुरानो गठबन्धन ब्युँतिएको हो ?

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस १० गते भंग भएको पाँच दलीय गठबन्धन ब्युँताउनेबारे अहिले कुनै टुंगो भइनसकेको बताएका छन् ।

    images

    सिंहदरबारमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँगको संवादपछि उनले यस्तो बताएका हुन् । नेपालसँगको संवादपछि निस्किने क्रममा पत्रकारले सोधेका थिए- ‘पुरानो गठबन्धन ब्युँताउने निर्णय भइसकेको हो ?’

    जवफमा प्रचण्डले भने– ‘होइन अहिले फाइनल भइसकेको छैन ।’ उनले राष्ट्रपतिको उम्मेदवारबारे पनि अहिले नै केही टुंगो नलागिसकेको बताए ।

    उनले भने, ‘१३ गतेसम्म टुंगिजान्छ अहिले कुरा भइरहेको छ, टुंगिएको छैन ।’ उक्त भेटघाटमा माओवादीबाट प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट माधव नेपाल र घनश्याम भूसाल सहभागी थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology