Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउन नसके देश दुर्घटनाको बाटोमा जान्छ : देव गुरुङ

राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउन नसके देश दुर्घटनाको बाटोमा जान्छ : देव गुरुङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ११, २०७९ बिहिवार • २१:०८:४७ बजे
  • 640
    SHARES
  • राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउन नसके देश दुर्घटनाको बाटोमा जान्छ : देव गुरुङ

    नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके देश दुर्घटनाको बाटोमा जाने बताएका छन् ।

    images

    रफ्त सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले देशलाई दुर्घटनाको बाटोमा जानबाट रोक्न पनि सहमतिको प्रयास जारी रहेको बताए ।

    उनले भने, ‘प्रधानमन्त्रीमा राष्ट्रिय सहमति जुटाउन सक्ने दलहरूले राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति जुटाउनुपर्छ, राष्ट्रपतिको सवालमा दलहरू ‘कोलिसन’मा जान हुँदैन, राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके नेपाल विदेशीको क्रिडास्थल बन्दै दुर्घटनाको बाटोतर्फ जान्छ, त्यसैले सहमतिको प्रयास जारी छ ।’

    सर्वमान्य, संविधानको रक्षक र गणतन्त्रको संरक्षकका साथै राष्ट्रिय स्वाधीनताको रक्षक बन्न सक्ने, सबै दलको साझा व्यक्तित्वलाई राष्ट्रपतिमा चयन गर्नुपर्नेमा गुरुङले जोड दिए ।

    महासचिव गुरुङले देशमा बढ्दो राजनीतिक अस्वस्थ प्रतिस्पर्धा र दलहरूको निषेधको राजनीतिले निरन्तरता पाए देश अफगानिस्तान र युक्रेन बन्ने भन्दै निषेधको राजनीति नभई सहमतिको राजनीतिलाई निरन्तरता दिनुपर्ने औँल्याए ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतको पूर्णपाठ नआउँदै गृह मन्त्रालय माग्नुले पनि संविधान उल्लङ्घन गर्ने काम भएको महासचिव गुरुङको भनाइ थियो ।

    पूर्वराजा ज्ञानेन्द्रले संविधानको उल्लङ्घन गर्दै बाहिर ल्याएको वक्तव्यतर्फ सरकारको ध्यान जान नसक्नु र सरकारमै बसेको एक समूहले ढिला चाँडो गणतन्त्र उल्टाउने भन्दै दिएको अभिव्यक्तितर्फ समयमै ध्यान दिनुपर्ने उनले बताए ।

  • सम्बन्धित विषय:

  • # देव गुरुङ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology