Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सत्ता गठबन्धन जुट्ला कि फुट्ला ?

सत्ता गठबन्धन जुट्ला कि फुट्ला ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १२, २०७९ शुक्रवार • ०९:५१:२२ बजे
  • 703
    SHARES
  • सत्ता गठबन्धन जुट्ला कि फुट्ला ?

    आगामी राष्ट्रपति को बन्ने भन्ने विषयले सत्ता गठबन्धन धरापमा परेको छ । राष्ट्रपतिको विषयलाई लिएर गठबन्धनको मुख्य घटक दल एमाले र माओवादी केन्द्रबीच नै मतभेद भएपछि बनेको दुई महिनामै गठबन्धन धरापमा परेको हो ।

    images

    सातदलीय गठबन्धनको भविष्य अब दुई शीर्ष नेता माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अधयक्ष केपी शर्मा ओलीको हातमा छ । उनीहरुले राष्ट्रपति निर्वाचनको कार्यतालिकाअनुसार उम्मेदवारको मनोनयन अघि आज निर्णायक वार्ता गर्दैछन् । राष्ट्रपति उम्मेदवारमा सहमति जुटाउन प्रचण्डले आज ओलीसँग निर्णायक वार्ता गर्ने भएका हुन् ।

    २५ गते हुने निर्वाचनको लागि १३ गते मनोनयन दर्ताको मिति तोकिएको छ । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँगको संवादपछि प्रचण्डले आज ओलीसँग संवाद गर्ने हिजै साँझ जानकारी दिएका थिए ।

    आज ओलीसँगको भेटमा सहमतिको आधारमा राष्ट्रपतिको उम्मेदवार तय गर्ने भन्ने बिषयमा छलफल हुने बताइएको छ ।

    माओवादी महासचिव देव गुरुङले पनि नेताहरू सहमतिको आधार तय गर्न लागि परेको बताए । सरकार परिवर्तनका लागि गठबन्धनको स्वरुप परिवर्तन हुन सक्ने भएता पनि राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके नेपाल बिदेशीको क्रिडास्थल बन्दै दुर्घटनाको बाटोतर्फ जाने भनको भनाई छ ।

    सहमतिको आधारमा राष्ट्रपतिका उम्मेदवार टुङ्गो लगाउन नेताहरु लागेका छन् । यता पूर्ववत् सहमति अनुसार एमालेले राष्ट्रपति पाउनु पर्ने अडान राखिरहेको छ । तर, उम्मेदवार भने अझै निर्णय गरेको छैन ।

    आज ओली र प्रचण्ड बिचको वार्ता सकारात्मक भए गठबन्धनमा सहमति जुट्ने नभए गठबन्धन टुट्ने आशङ्का गरिएको छ । एमाले अध्यक्ष ओलीलाई भेट्नु अघि प्रचण्डले कांग्रेसका सभभापति शेरबहादुर देउवासँग छलफल गर्दैछन् । आजै पुरानो पाँच दलीय गठबन्धनको बैठक पनि बस्दैछ । उनीहरुले मोर्चा बनाएर अघि बढ्ने तयारी गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # सत्ता गठबन्धन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology