Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सहमति कार्यान्वयन नभए सरकारमा बस्दैनौंः योगेश भट्टराई

सहमति कार्यान्वयन नभए सरकारमा बस्दैनौंः योगेश भट्टराई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १२, २०७९ शुक्रवार • ०९:५७:०९ बजे
  • 712
    SHARES
  • सहमति कार्यान्वयन नभए सरकारमा बस्दैनौंः योगेश भट्टराई

    नेकपा एमालेका सचिव योगेश भट्टराईले पुस १० गतेको सहमति कार्यान्वयन नभए सरकारमा नबस्ने बताएका छन् ।

    images

    रुकुम पश्चिम पुगेका भट्टराईले पत्रकार सम्मेलनमा बोल्दै एमाले अहिलेसम्म सत्ता समीकरण पाँच वर्षसम्म टिकोस् भन्ने पक्षमा रहेको बताए । प्रधानमन्त्रीले सत्ता समीकरण फेरबदलको चलखेल गरे सरकारमा नरहने उनले बताए। मिडियामा आएको जस्तो पुरानो चुनावी गठबन्धन सरकार बन्ने भन्ने बारेमा प्रधानमन्त्रीको कुनै धारणा नआएको उनको भनाइ थियो ।

    सत्ता समीकरण फेरिन नहुने उनको धारणा थियो । छिटोछिटो सत्ता समीकरण फेरिँदा देशको छवि नराम्रो हुने उनले बताए ।यसैबीच नेता भट्टराईले गत पुस १० को सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

    उक्त सहमतिअनुसार नभए एमाले सरकारमा नबस्ने उनले बताए । पुस १० मा एमालेले राष्ट्रपति पाउने सहमति भएको उनको भनाइ छ ।

    सोही सहमतिअनुसार सत्ता समीकरणभित्रबाट राष्ट्रपतिमा एमालेको साझा उम्मेदवार हुनुपर्ने उनले बताए ।

    ‘तत्कालीन गठबन्धन भत्किएर नयाँ समीकरण बन्दा पुस १० मा माओवादीले प्रधानमन्त्री र एमालेले राष्ट्रपति, सभामुख पाउने सहमति भएको हो’, उनले भने, ‘सभामुख, उपसभामुखसम्म आइपुग्दा उक्त सहमति कार्यान्वयन भएको छ, अहिले पनि सहमति अनुसार नै सत्ता समीकरण चलिरहेको छ, एमालेलाई विश्वास छ त्यो सहमति राष्ट्रपतिको चुनावसम्म पनि कायम हुन्छ।’

  • सम्बन्धित विषय:

  • # योगेश भट्टराई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology