Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राप्रपाको बैठक बस्दै, राष्ट्रपति निर्वाचन मुख्य एजेण्डा

राप्रपाको बैठक बस्दै, राष्ट्रपति निर्वाचन मुख्य एजेण्डा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १२, २०७९ शुक्रवार • १०:००:४८ बजे
  • 358
    SHARES
  • राप्रपाको बैठक बस्दै, राष्ट्रपति निर्वाचन मुख्य एजेण्डा

    सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक बोलाएको छ ।

    images

    अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठक अपरान्ह १२ः३० बजेका लागि बोलाएका हुन् ।

    राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच भावी राष्ट्रपतिको बिषयमा सहमति हुन नसकिरहेको बेला सोही सत्तारुढ गठबन्धनका एक घटक राप्रपाले बैठक बोलाएर ‘पोजिसन क्लियर’ गर्न खोजेको बुझिएको छ ।

    राप्रपा भित्र पनि कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने कि सत्ताको सहयोगी दल नेकपा एमालेलाई समर्थन गर्ने भन्नेमा दुई धार देखा परे पछि एकै धारणा बनाउनका लागि बैठक बोलाउन लागिएको राप्रपाका एक नेताले बताए ।

    उनका अनुसार सो पार्टीका नेता पशुपतिशमशेर राणा पक्षधर कांग्रेसका उम्मेदवारका पक्षमा उभिने संकेत पाए पछि अध्यक्ष लिङदेनले साझा धारणा बनाउनका लागि बैठक बोलाएको हुन् ।

  • सम्बन्धित विषय:

  • # राप्रपाको बैठक बस्दै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology