Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बालुवाटारमा जुट्यो सहमति, कांग्रेसको उम्मेदवारलाई ८ दलको समर्थन

बालुवाटारमा जुट्यो सहमति, कांग्रेसको उम्मेदवारलाई ८ दलको समर्थन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १२, २०७९ शुक्रवार • २०:४८:४६ बजे
  • 382
    SHARES
  • बालुवाटारमा जुट्यो सहमति, कांग्रेसको उम्मेदवारलाई ८ दलको समर्थन

     आसन्न राष्ट्रपतिको निर्वाचनका लागि सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठक सकिएको छ। बैठकले कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

    images


    आज  बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीका नेताहरुबीच कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको हो ।

    राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । त्यसको लागि भोलि (शनिबार) बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने तालिका छ ।


    कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने चर्चा छ । पछिल्लो समय सभापति शेरबहादुर देउवा नै राष्ट्रपति बन्नुपर्ने चर्चा पनि छ ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology