Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संविधान दिवसमा सरकारी सम्मान

संविधान दिवसमा सरकारी सम्मान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३, २०७७ शनिवार • ११:२५:०७ बजे
  • 1.9K
    SHARES
  • संविधान दिवसमा सरकारी सम्मान

    सरकारले संविधान दिवसको दिनमा विभिन्न मानपदवी, अलंकार तथा पदबाट विभिन्न व्यक्तिहरुलाई सम्मान गर्दैछ । सरकारले सूचना जारी गर्दै यी पदकहरु पाउने ५ सय ९४ जनाको नामावली प्रकाशन गरेको छ ।

    images
    नामावलीअनुसार ४ सय ५३ जनाले मानपदवी, १ सय १४ जनाले अलंकार र २७ जनाले पदक सम्मान पाउने भएका छन् । विभूषण, अलंकार र पदक राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुने छ ।

    यस वर्ष सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट आँखाका वरिष्ठ डा. सन्दुक रुइत सम्मानित हुँदैछन् । यस्तै सम्मानित हुनेहरुको सूचीमा दुई जना सन्चारकर्मी तथा १४ जना पत्रकार पनि रहेका छन् ।

    सरकारले राष्ट्रको गौरव बढाउने तथा कीर्तिमानी राख्ने काम गरेका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई संविधान दिवसमा सम्मान गर्दै आएको छ । संविधान दिवसमा एक जनालाई नेपाल रत्नसहित राष्ट्र गौरव, राष्ट्रद्वीप, जनसेवाश्रीमा प्रथम, द्वितीय, तृतीय र चौथो प्रदान गरिन्छ । 

     

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology