Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राष्ट्रपति उम्मेदवारको पक्षमा राप्रपा समर्थक वा प्रस्तावक नबस्ने

राष्ट्रपति उम्मेदवारको पक्षमा राप्रपा समर्थक वा प्रस्तावक नबस्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १३, २०७९ शनिवार • १०:२३:४९ बजे
  • 328
    SHARES
  • राष्ट्रपति उम्मेदवारको पक्षमा राप्रपा समर्थक वा प्रस्तावक नबस्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्षमा समर्थक वा प्रस्तावक नबस्ने भएको छ ।

    images

    पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आफ्ना मतदातालाई समर्थक वा प्रस्तावक नबस्न निर्देशन दिएको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

    राष्ट्रपति पदमा उम्मेदवार छनौट गर्ने तथा निर्वाचन प्रक्रियामा सहभागी हुने वा नहुने भन्ने विषयमा भएको छलफलमा पार्टीले लिएका मुद्दा स्थापित गर्न राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने सुझाव आएको थियो ।

    धुम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा भएको बैठकमा केही नेताले उक्त प्रक्रियामा वैचारिक रुपमा निकट उम्मेदवारका पक्षमा सहभागिता जनाएर पार्टीको भूमिकालाई प्रभावकारी बनाउन माग गरेका थिए । विभिन्न दलका नेताबाट सहयोगका लागि आएका प्रस्तावबारे अध्यक्ष लिङ्देनले बैठकमा जानकारी गराएका थिए ।

    निर्वाचनका सन्दर्भमा पछिल्लोपटक विकास भएका राजनीतिक घटनाक्रम, समसामयिकलगायत छलफल केन्द्रित गरिएको थियो । निर्णयका क्रममा नेताहरूका बीच मतभेद बढेर विवाद भएपछि निर्वाचन अगावै उम्मेदवारलाई मतदान गर्ने वा तटस्थ बस्ने भन्नेबारे निर्णय गर्न अर्को बैठक बोलाइने भएको छ ।

    निर्वाचन आयोगले यही फागुन १३ गते भोलि राष्ट्रपति पदको मनोनयन गर्न र २५ गते मतदानको समय तोकेको छ ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति उम्मेदवार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology