Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतमा ट्रकले बसलाई ठक्कर दिँदा १७ जनाको मृत्यु

भारतमा ट्रकले बसलाई ठक्कर दिँदा १७ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १३, २०७९ शनिवार • १०:२५:४७ बजे
  • 505
    SHARES
  • भारतमा ट्रकले बसलाई ठक्कर दिँदा १७ जनाको मृत्यु

    भारतको मध्यप्रदेशमा एक ट्रकले ३ वटा बसलाई ठक्कर दिँदा १७ जनाको मृत्यु भएको छ ।

    images

    दुर्घटनामा परि ५० जना घाइते भएको छ । घाइते मध्य १० जनाको अवस्था गम्भीर छ ।

    सतना भन्ने ठाउँमा भइरहेको धार्मिक मेलाका तिर्थ यात्री बोकेका ३ वटा बसलाई ट्रकले ठक्कर दिएको हो । सिमेन्ट बोकेको तीव्र गतिको ट्रकले गएराति ९ बजे रोकिराखेका ३ वटा बसलाई ठक्कर दिएको थियो ।

    टायर पञ्चर भएर अनियन्त्रित बनेको ट्रकको ठक्करबाट दुईवटा बस सडकबाट उछिट्टिएको र एउटा बस सडकमै पल्टिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यी प्रत्येक बसमा ५० देखि ६० को संख्यामा यात्रु थिए।

    दुर्घटनापछि मध्ये प्रदेश सरकारका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतकका परिवारलाई १०–१० लाख र घाइतेलाई २–२ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology