Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गठबन्धनको बैठक बस्दै, राष्ट्रपतिको प्रस्तावक र समर्थकको टुंगो लगाउने

गठबन्धनको बैठक बस्दै, राष्ट्रपतिको प्रस्तावक र समर्थकको टुंगो लगाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १३, २०७९ शनिवार • ११:२०:४१ बजे
  • 769
    SHARES
  • गठबन्धनको बैठक बस्दै, राष्ट्रपतिको प्रस्तावक र समर्थकको टुंगो लगाउने

    आठ दलीय सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्दैछ । राष्ट्रपतिको उम्मेदवारको प्रस्तावक र समर्थक टुंगो लगाउन बैठक बस्न लागेको हो ।

    images

    संघीय संसदको लोहत्से हलमा दिउँसो १ बजे बैठक बस्ने तय भएको नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए । नयाँ गठबन्धनले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेको छ ।

    आज बिहान बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले वरिष्ठ नेत रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।

    राष्ट्रपतिको चुनावसँगै सत्ता गठबन्धन बदलिएको छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपासहित ८ दलको नयाँ समीकरण बनेको छ । यसअघि सरकारमा रहेको राप्रपा बाहिरिएको छ ।

    एमालेलगायतका दलहरूले भने औपचारिक निर्णय गरेका छैनन् ।

  • सम्बन्धित विषय:

  • # गठबन्धनको बैठक बस्दै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology