Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राप्रपाका ४ मन्त्रीले बुझाए राजीनामा

राप्रपाका ४ मन्त्रीले बुझाए राजीनामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १३, २०७९ शनिवार • १३:२२:०४ बजे
  • 421
    SHARES
  • राप्रपाका ४ मन्त्रीले बुझाए राजीनामा

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रसकारमा रहेका मन्त्रीहरूले राजीनामा दिएका छन् ।

    images

    आज (शनिबार) दिउँसो बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीको तर्फबाट बनेका ४ मन्त्रीले राजीनामा बुझाएका हुन्।

    राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएका हुन्।

    गत १० पुसको सहमति तोडेर प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेसँगै राप्रपाले आज आकस्मीकरुपमा कार्यसम्पादन समिति र संसदिय दलको बैठक बसेर सरकारबाट बहिरिने निर्णय गरेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology