Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सत्तारुढ गठबन्धन तलमाथि भएकै छैन : ओली

सत्तारुढ गठबन्धन तलमाथि भएकै छैन : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १३, २०७९ शनिवार • १५:२८:३८ बजे
  • 412
    SHARES
  • सत्तारुढ गठबन्धन तलमाथि भएकै छैन : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेतृत्वमा आठ दलीय गठबन्धन नै नरहेको बताएका छन् ।

    images

    शनिबार एमालेको तर्फबाट सुवासा नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दिएपछि अध्यक्ष ओलीले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यस्तो दावी गरेका हुन् । उनले आठ दलबीच राष्ट्रपतिमा कांग्रेसलाई सघाउने कुनै सहमति नभएको दावी गरे ।

    सत्तारुढ गठबन्धन तलमाथि नभएकाले आफूहरुको उम्मेदवार नेम्वाङ अत्याधिक मतका साथ राष्ट्रपति पदमा विजयी हुने उनको भनाइ छ ।

    अध्यक्ष ओलीले भने, ‘हामीले हाम्रो पार्टीको तर्फबाट र खासगरी नेपाली जनताकै तर्फबाट देशभक्त, लोकतान्त्रिक, सुशासन र विकासका पक्षधर शक्तिहरुको तर्फबाट अत्यन्तै अनुभवी, कानुनविद्, लामो समय सभामुख जस्तो गरिमामय पदमा रहेर जिम्मेवारी सम्हालेका माननीय सुवाषचन्द्र नेम्वाङजीलाई आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको रुपमा उठाएका छौं । र, विधिपूर्वक हामीले यो उम्मेदवार उठाएका छौं ।’

    उनले दलीय स्वार्थ नभएर राष्ट्रिय स्वार्थका लागि नेम्वाङलाई उम्मेदवार बनाएको बताए । यसका लागि समग्र नेपाली जनता र सबै तर्फबाट सहयोग पाउनेसमेत ओलीले विश्वास व्यक्त गरे ।

    गत पुस १० गतेको सहमतिमा अन्य दलले समेत प्रतिबद्धता जनाउने विश्वास व्यक्त गर्दै अध्यक्ष ओलीले भने, ‘आफ्ना प्रतिबद्धता र बचनवद्धताबाट, आफूले सार्वजनिक गरेका विषयहरुबाट कोही पनि पछि हट्ने खालको काम हुन सक्दैन भन्ने हाम्रो धारणा छ ।’

    उनले अगाडि थपे, ‘जुन सहमति छ । र, जुन सम्झौता हामीले गरेका छौं । त्यो पूरा नभई यताउता हुन्छ भन्ने कुरा विश्वास छैन । गठबन्धनको कुनै निर्णय छैन । आठ दलीय गठबन्धन पनि छैन । गठबन्धनका निर्णय पनि छैन ।’

  • सम्बन्धित विषय:

  • # ओली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology