Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कांग्रेसकै शैलीमा ओलीले पनि थापे ढोक्सा

कांग्रेसकै शैलीमा ओलीले पनि थापे ढोक्सा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १३, २०७९ शनिवार • १७:५०:११ बजे
  • 388
    SHARES
  • कांग्रेसकै शैलीमा ओलीले पनि थापे ढोक्सा

    कांग्रेसले प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको मत दिएसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रयोग गरेको शब्द ‘ढोक्सा’ निकै चर्चित भयो । त्यतिबेला उनले नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थापे पनि माछा नपर्ने बताएका थिए ।

    images

    जुन कुरा ओलीले संसदमा अर्को पटक सम्बोधन गर्दा पनि उनले उल्लेख गरेका थिए । उनको भनाइ थियो, ‘कांग्रेसको यस व्यवहारलाई सरकारमाथि विश्वास गरेको मान्न सकिँदैन । मैले त्यतिबेलै भनेको थिए मतदान मात्रै गरेको भए त ठीकै हो । ढोक्सा थापेको हो भने गल्ती हो । ढोक्सा बेलुका थापिन्छ ।

    अँध्यारोमा माछा पार्न खोजिन्छ ढोक्सामा । बिहान भएपछि रित्तो ढोक्सा बोक्यो फेरि घर फर्क्यो । सरकारलाई दिएको विश्वासको मतलाई राष्ट्रपति र सभामुखको निर्वाचनमा खिचलो खडा गर्ने काँग्रेसको रणनीति देखिन्छ ।’ तर, कांग्रेसले थापेको ढोक्सामा माछा परेको सहितको टिप्पणी सामाजिक सञ्जालमा भइरहँदा कांग्रेसकै शैलीमा ओलीले पनि ढोक्सा थापेका छन् ।

    उनले २५ गतेसम्म सरकारबाट नबाहिरिने निर्णयसहित यस्तो ढोक्सा थापेको चर्चा छ । तर कांग्रेसले ओलीको चाहना पुरा नहुने स्पष्ट जवाफ दिइसकेको छ ।

    प्रवक्ता डा.प्रकाशशरण महतले २५ गतेसम्म पानी धमिलो बनाउने प्रयास गरेपनि सफल नहुने बताए। ‘ उहाँ (एमाले)हरुलाई अझै २५ गतेसम्म पानीलाई धमिलो बनाउन सकिन्छ कि भन्ने आशय होला। तर, त्यो कुनै सम्भावना छैन,’ उनको भनाइ छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology