Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एकीकृत समाजवादीले भन्यो- एमालेसँग संवादको ढोका खुल्यो

एकीकृत समाजवादीले भन्यो- एमालेसँग संवादको ढोका खुल्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १४, २०७९ आइतवार • १०:०१:१९ बजे
  • 895
    SHARES
  • एकीकृत समाजवादीले भन्यो- एमालेसँग संवादको ढोका खुल्यो

    नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा नेकपा एमालेले पत्र लेखेर समर्थन मागेर सम्बादको ढोका खोलेको बताएको छ । सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले एमालेले पत्र लेखेकोमा धन्यवादसमेत ज्ञापन गरेका छन् ।

    images

    प्रवक्ता खतिवडाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै राष्ट्रपति निर्वाचनको विषय अगाडी बढिसकेकाले साथ दिन नसक्ने बताएका छन् । उनले एमालेको अनुरोधलाई स्विकार गर्ने स्थिति नभए पनि राजनीतिक सम्बादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण निर्माण हुने बताए ।

    उनले लेखेका छन्, ‘पत्रका लागि धन्यवाद । यसले औपचारिक रुपमा राजनीतिक सम्बादको ढोका खोलिदिएको छ,’ पत्र पाए पछि खतिवडाले भने, ‘राष्ट्रपति निर्बाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुदा एमालेको अनुरोधलाई स्विकार गर्ने स्थिति नभएता पनि सकारात्मक सोचका साथ राजनीतिक सम्बादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण निर्माण हुन सक्दछ ।’

    नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गरेर एमालेका राष्ट्रपति उमेदवार सुबास नेम्बाङलाई मतदान गर्न अनुरोध पत्र लेखेका थिए ।

    सो पत्र पाए पछि जवाफमा प्रवक्ता खतिवडाले राजनीतिक सम्बादको ढोका खोलेका बताएका हुन ।

  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology