Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रधानमन्त्री आज गोरखा जाँदै

प्रधानमन्त्री आज गोरखा जाँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १४, २०७९ आइतवार • १०:०६:३८ बजे
  • 430
    SHARES
  • प्रधानमन्त्री आज गोरखा जाँदै

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाने भएका छन् ।

    images

    गोरखामा हुने २ वटा कार्यक्रममा सहभागी हुन प्रचण्ड गोरखा जान लागेका हुन् ।

    दिलबहादुर रम्तेलको स्मृति सभालगायत कार्यक्रममा भाग लिन बारपाक सुलिकोट जाने र मतदाता तथा कार्यकर्ता भेटघाटलाई पालुङटार जाने कार्यक्रम तय भएको हो ।

    प्रधानमन्त्री प्रचण्ड आज बिहान ११ बजे बारपाक सुलिकोट गाउँपालिका आइपुग्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए ।

    गत मंसिर ४ मा प्रचण्ड गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । निर्वाचित भएपछि उनी मतदातालाई धन्यवाद दिन गाउँ(गाउँमा जान पाएका थिएनन् ।

    उनले कार्यव्यस्तताले गर्दा मतदातालाई धन्यवाद दिन जान नपाएको बताएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology