Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रधानमन्त्रीले चैत १२ सम्म विश्वासको मत लिनुपर्ने

प्रधानमन्त्रीले चैत १२ सम्म विश्वासको मत लिनुपर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १४, २०७९ आइतवार • १५:१२:२९ बजे
  • 424
    SHARES
  • प्रधानमन्त्रीले चैत १२ सम्म विश्वासको मत लिनुपर्ने

    प्रधानमन्त्री पुष्पकमल दाहालले चैत १२ गते भित्र प्रतिनिधिसभाबाट पुन: विश्वासको मत लिनुपर्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले पुन: विश्वासको मत लिनुपर्ने भएको हो ।

    images

    राष्ट्रपतिको निर्वाचनका लागि प्रधानमन्त्री दाहालले सत्तारुढ गठबन्धनमा भएको सहमतिविपरीत अर्को ८ दलीय गठबन्धन बनाएपछि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिएको हो । राप्रपाको शनिबार बसेको केन्द्रिय कार्यसम्पादन समिति र संसदीय दलको बैठकले संघ र प्रदेश सकारबाट बालहिरिने निर्णय गरे लगत्तै सरकारमा सहभागी राप्रपाका मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा बुझाएका हुन् ।

    प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले पुन विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संबैधानिक व्यवस्था छ ।

    त्यसरी पेश भएको प्रस्ताव तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने संविधानमा उल्लेख छ । पुस १० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहित ७ दल र स्वतन्त्र सांसद समेतको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका दाहालले २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । दाहाललाई प्रतिपक्षी दल नेपाली कांग्रेससहित दलहरूले समेत विश्वासको मत दिएपछि प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा अभूतपूर्व विश्वासको मत पाएका थिए ।

    प्रतिनिधिसभामा उपस्थित २७० सांसदमध्ये २६८ जनाको विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न १३८ मत आवश्यक पर्छ । प्रतिनिधिसभामा माओवादीको ३२ सिटमात्रै रहेको छ । प्रधानमन्त्री दाहालले विश्वासको मत नपाए संविधानको धारा ७६ (३) बमोजिम प्रतिनिधिसभाको पहिलो ठूलो दलको नेता प्रधानमन्त्री नियुक्त हुने व्यवस्था छ ।

    राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेसँगै सात दलिय गठबन्धन भत्किने अवस्थामा पुगेको हो । प्रधानमन्त्री प्रचण्ड अहिले एमालेसँगको सहकार्य तोडेर कांग्रेससहित आठ दलको गठबन्धनलाई अघि बढाउने मुडमा देखिन्छन् । तर एमालेले भने राष्ट्रपति निर्वाचन नभएसम्म सरकारलाई दिएको समर्थन र सरकारमा सहभागि मन्त्री फिर्ता नबाेलाउने बताएको छ ।

    सरकार गठन हुँदा सहभागी ७ दलमध्ये माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी अहिले राष्ट्रपतिको लागि बनेको आठ दलीय गठबन्धनमा पनि सहभागी छन् ।

    राष्ट्रपति निर्वाचनका लागि आठ दलिय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् भने एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन फागुन २५ गते गर्ने तय गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology