Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

वामपन्थीहरु मिल्नु आवश्यक : नेता खनाल

वामपन्थीहरु मिल्नु आवश्यक : नेता खनाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १४, २०७९ आइतवार • १५:१३:५२ बजे
  • 409
    SHARES
  • वामपन्थीहरु मिल्नु आवश्यक : नेता खनाल

    सम्मानित नेता झलनाथ खनालले तत्काल एकीकृत समाजवादीको अन्य पार्टीसँग एकताको सम्भावना नरहेको बताएका छन् ।

    images

    आइतबार सुर्खेत पुगेका नेता खनालले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता खनालले वामपन्थीहरु बीच एकता हुन आवश्यक रहेपनि तत्काल त्यसको सम्भावना नहरको बताएका हुन् । उनले भने– ‘वामपन्थीहरू मिल्नु आवश्यक छ । तर, उनीहरु भित्रै दक्षिणपन्थी छन् ।

    त्यसैले एकीकृत समाजवादीको तत्काल कुनै पार्टीसँग एकता हुने सम्भावना न्यून रहेको छ ।’ अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तनको अपेक्षा गर्न नसकिने भन्दै उनले वामपन्थिहरु एक ठाउँमा आएको अवस्थामा मात्र परिवर्तन हुन सक्ने बता बताए ।

    ‘गठबन्धनहरू कति बेला, कसरी बन्ने हुन अहिले यसै भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘अहिले नेपालका वामपन्थीहरू एक ठाउँमा आउने हो भने परिवर्तनको अवस्था छ ।

    नत्र अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तन हुन्छ जस्तो मलाई लाग्दैन ।’ राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवार सहयोग गर्न माग गर्दै नेकपा एमालेले पठाएको पत्रबारे पार्टीमा छलफल गरेर निर्णय गरिने उनले बताए ।

  • सम्बन्धित विषय:

  • # नेता खनाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology