Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

प्रचण्डले दाम्लो चुँडाउन खोज्दा मैले रोकिदिएँ : ओली

प्रचण्डले दाम्लो चुँडाउन खोज्दा मैले रोकिदिएँ : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १४, २०७९ आइतवार • १६:३४:१५ बजे
  • 784
    SHARES
  • प्रचण्डले दाम्लो चुँडाउन खोज्दा मैले रोकिदिएँ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस १० पछि दाम्लो चुँडाएर हिँड्न खोजेको तर आफूले रोक्ने गरेको बताएका छन् ।

    images

    आइतबार काठमाडौँमा भएको सहिद परिवार र घाइतेको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एउटा भाषा बोल्ने र काम अर्कै गर्ने नेता रहेको बताए । उनले जनयुद्ध, सहिद तथा घाइते परिवारलाई धोका दिँदै आएका प्रचण्डले आफूलाई धोका दिनु कुनै अनौठो नभएको पनि बताए । ‘मलाई धोका दिनु कुनै ठुलो कुरा होइन ।

    उहाँले मलाई २ महिना कस्तो गाह्रो भएको थियो भनेको सुने, हरियो देख्नै नहुने दाम्लो चुँडाउन खोजिहाल्ने अनि मैले रोकिदिने । अनि गाह्रो त हुने नै भयो’, ओलीले भने, ‘२०६३ पछि सबैभन्दा धेरै समय सरकारमा रहने प्रचण्ड र उनको पार्टी हो । ३ पटक त उहाँ प्रधानमन्त्री नै हुनुभयो ।’ अध्यक्ष ओलीले जनयुद्धका नाममा प्रचण्डले हिंसाको अभियान सुरु गरेको पनि बताए । जसका कारण आन्दोलनरत र राज्य पक्षबाट थुप्रै मानिसको हत्या भएको बताए ।

    ‘प्रधानमन्त्री भएको ३ वर्ष भयो, सरकारमा बसेको त कति भयो भयो ? २०६३ पछि कोही पनि त्यति लामो समय अरू सत्तामा छैन । तर परिवारका सदस्य, भाञ्जाभाञ्जी भाइ भतिजालाई राम्रै भएको होला तर अहिले प्रधानमन्त्रीजीले घाइते र सहिदका परिवार सम्झनुभएको छ कि छैन ।

    उहाँले चलाएको जनयुद्ध उहाँलाई सम्झना छ कि छैन ?’ओलीको प्रश्न छ । उनले प्रचण्डलाई कसका विरुद्ध किन जनयुद्ध सुरु गर्नुभएको थियो ? भन्दै प्रश्न गरे । यस बीचमा लोकतन्त्रका लागि एउटा प्रयास गरिएपनि उनी जनताका समस्या समाधान गर्ने भन्दा पनि आफ्नै स्वार्थमा हिँडिरहेको बताए ।

    ‘पुष्पकमल दाहाल ज्युको बेग्लै छ । बोल्नुहुन्छ बेग्लै भाषा, बेग्लै गर्नुहुन्छ काम’, ओलीले भने, ‘अस्तिका दिन पनि मलाई छक्याउने भाषा बोल्नुभयो, मैले सुनिरहे उहाँको भाषा ।’ ओलीले प्रचण्ड हातमा चक्कु लिएर बसेको तर भन्नलाई फुल भनेको दावी पनि गरे ।

    ‘मेरो आँखाले धोका खाएको थिएन । प्रचण्ड धोका दिन अप्ठेरो मान्नुहुन्न । सहिदलाई धोका दिनुभयो भने मलाई धोका किन नदिने ?’, ओलीले प्रचण्डले राजनीतिक समीकरण फेरेकोमा कटाक्ष गर्दै भने ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology