Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अति आवश्यक कामबाहेक हेलिकोप्टर नचढ्ने मन्त्री किरातीको घोषणा

अति आवश्यक कामबाहेक हेलिकोप्टर नचढ्ने मन्त्री किरातीको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १५, २०७९ सोमवार • १०:२०:११ बजे
  • 1.1K
    SHARES
  • अति आवश्यक कामबाहेक हेलिकोप्टर नचढ्ने मन्त्री किरातीको घोषणा

    पर्यटनमन्त्री सुदन किरातीले अति आवश्यक कामबाहेक हेलिकोप्टर चार्टर नगर्ने घोषणा गरेको छन् ।

    images

    मन्त्री किरातीले घाँटी हेरेर हाड निल्नुपर्ने भन्दै सामाजिक विलासिता अन्त्य गर्न आफुले राष्ट्रिय विपति र अति आवश्यक कामबाहेक आफ्नो कार्यकालमा हेलीकोप्टर नचढ्ने नीति लिएको जानकारी गराएका हुन् ।

    मन्त्री किरातीले कतिपय कायक्रममा जनताले हेलिकप्टर चार्टर गरेर निम्तो दिए पनि आफु नगएको बताएका छन् । उनले भने काछन्, ‘राष्ट्रिय विपत् र अति आवश्यक काम बाहेक आफ्नो कार्यकालमा हेलिकप्टर नचढ्ने नीति लिएका छौँ ।

    देशको विभिन्न स्थानमा सामाजिक कार्यक्रमको लागी जनताले आफै हेलिकप्टर चार्टर गरेर निम्तो दिए पनि आजसम्म हेलिकप्टर चढेर जाने धेरै कार्यक्रममा गाएका छैनौँ । त्यसको लागी तपाईंहरूसँग क्षमा चाहन्छु ।’

    उनले ऋण गरेर हेलिकोप्टर चार्टर नगर्न समेत सबैलाई आग्रह गरेका छन् । ‘ऋणमा हेलिकप्टर चार्टर नगर्नु हुन सबैलाई अनुरोध छ । आखिरी कोही मन्त्री तपाईंको गाउँमा आउँदैमा तपाईंको खोला खोल्सीहरूमा दूध बग्दैन माटोमा सुन फल्दैन ।

    घाँटी हेरेर हाड निलौँ सामाजिक देखासिखी र विलासिता अन्त्य गरौँ । धन्यवाद,’ उनले भनेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology