Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

इटालीमा डुंगा दुर्घटना हुँदा ५९ जना आप्रवासीको मृत्यु

इटालीमा डुंगा दुर्घटना हुँदा ५९ जना आप्रवासीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १५, २०७९ सोमवार • ११:५६:०३ बजे
  • 1.3K
    SHARES
  • इटालीमा डुंगा दुर्घटना हुँदा ५९ जना आप्रवासीको मृत्यु

    इटलीको क्यालिब्रिया सामुद्रिक तटमा एउटा डुंगा डुब्दा कम्तीमा ५९ जना आप्रवासीको मृत्यु भएको छ ।

    images

    दुर्घटनामा परी दर्जनौँ मानिस बेपत्ता भएको आशङ्का गरिएको छ । कलाब्रिया क्षेत्रको तटीय सहर क्रोटोन नजिकै रोक्ने क्रममा जहाज टुक्रा टुक्रा भएको थियो । घटनापछि बाँचेका यात्रुले त्यसमा कम्तीमा १५० जना सवार रहेको बताएका छन् ।

    दुर्घटनामा नवजात शिशुसमेत कयौँ बालबालिका परेका छन् । इटलीको एएनएसए न्यूज एजेन्सीका अनुसार स्टेकाडो डि क्याट्रो तटमा २८ जनाको शव भेटिएको छ। अरु शव समुद्रको पानीभित्रबाट निकालिएको अधिकारीहरुले जनाएको छ ।

    गैरकानूनी बाटो हुँदै युरोप प्रवेश गरिरहेका आप्रवासी बोकेको यो डुंगामा झण्डै ५० जना बालबालिका नै रहेको बताइएको छ। पाकिस्तान, अफगानिस्तान र इराकका आप्रवासीहरु टर्की हुँदै सामुद्रिक बाटोबाट इजली जाँदै गरेका थिए ।

    खराब मौसमका कारण डुंगा चट्टानमा ठोक्किँदा दुर्घटना भएको अनुमान गरिएको छ। दुर्घटनामा परि मृत्यु हुनेमा पाकिस्तान र अफगानिस्तानका आप्रवासी धेरै रहेको जनाइएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology