Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमालेको सल्लाहमै परराष्ट्रमन्त्रीको भ्रमण रोकिएको हो

एमालेको सल्लाहमै परराष्ट्रमन्त्रीको भ्रमण रोकिएको हो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १५, २०७९ सोमवार • १२:३६:४९ बजे
  • 316
    SHARES
  • एमालेको सल्लाहमै परराष्ट्रमन्त्रीको भ्रमण रोकिएको हो

    सरकारले नेकपा एमालेसँगको सल्लाहमै परराष्ट्रमन्त्री विमला राई पौडेलको विदेश भ्रमण रद्द गरेको बताएको छ ।

    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुटनीतिमा पनि राजनीति गरेको भन्दै व्यापक आलोचना भएपछि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले एमालेसँग छलफल गरेरै परराष्ट्रमन्त्रीको विदेश भ्रमण स्थगित गरिएको बताए ।

    उनले भने– ‘सत्ता साझेदार दलका सबै मन्त्रीसँग छलफल गरेर आपसी सहमतिमै मन्त्री पौडेलको जेनेभा भ्रमण रोकिएको हो ।

    यस विषयलाई दुष्प्रचार गरियो’, उनले भने । सरकारले पूर्वाग्रह राखेर परराष्ट्रमन्त्री पौडेलको विदेश भ्रमण नरोकेको उनको भनाई छ ।

    राष्ट्रसंघीय मानव अधिकार परिषद्को ५२ औँ सभामा भाग लिन नेपाली प्रतिनिधिको रूपमा आइतबार जेनेभा जान लागेका थिए । तर अन्तिममा आएर प्रधानमन्त्रीले मुख्यसचिव मार्फत उनको भ्रमण रोकेका थिए ।

    प्रधानमन्त्री प्रचण्डको समेत कतार भ्रमण रोकिएको छ । उनको ठाउँमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार कतार जाँदैछन् ।

  • सम्बन्धित विषय:

  • # एमालेको सल्लाहमै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology