Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एलन मस्क बने पुन: विश्वकै धनी व्यक्ति

एलन मस्क बने पुन: विश्वकै धनी व्यक्ति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १६, २०७९ मंगलवार • १०:२४:४९ बजे
  • 505
    SHARES
  • एलन मस्क बने पुन: विश्वकै धनी व्यक्ति

    एलन मस्क पुन विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन्। ब्लूमबर्गको तथ्याङ्क अनुसार दोस्रो नम्बरमा झरेका मस्क पुनः शीर्ष स्थानमा उक्लिएका हुन्।

    images

    सिएनएनका अनुसार गत वर्षको डिसेम्बरमा फ्रान्सेली लक्जरी ब्रान्ड लुइ भुटनका सीईओ बर्नार्ड अर्नाल्टले टेस्लाका सीईओ मस्कलाई शीर्ष स्थानबाट हटाएर धनी सूचीमा पहिलो नम्बरमा रहदै आएका थिए ।

    सोमबार टेस्ला स्टकमा बढोत्तरी भएसँगै मस्कलाई विश्वका धनी व्यक्तिको सूचीमा शीर्षमा फर्काएको हो। मस्कको कुल सम्पत्ति सोमबार लगभग १८७।१ बिलियन पुगेको छ। मस्कले ट्विटर किनेपछि प्रविधिमा फराकिलो बजार मन्दीको बीचमा गत वर्ष टेस्लाको स्टकमा तीव्र रूपमा गिरावट आएको थियो ।

    इलेक्ट्रिक वाहन निर्माता टेस्लाको शेयर २०२३ सुरु भएदेखि भने बढेको छ। मस्कले हाल विश्वको सबैभन्दा धनी व्यक्तिको उपाधि मात्र होइन उनले इतिहासमा धेरै घाटा खाने व्यक्तिको रेकर्ड पनि राखेका छन्।

    गत वर्षको अन्त्यमा मस्क २ सय बिलियन डलरको सम्पत्ति गुमाउने पहिलो व्यक्ति बनेका थिए।

  • सम्बन्धित विषय:

  • # विश्वकै धनी व्यक्ति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology