Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पुस १० गतेको गल्ती सच्चियो : गगन थापा

पुस १० गतेको गल्ती सच्चियो : गगन थापा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १६, २०७९ मंगलवार • १५:५१:२१ बजे
  • 913
    SHARES
  • पुस १० गतेको गल्ती सच्चियो : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुष १० गते भएको गल्ती सच्चाइएको बताएका छन् ।

    images

     काठमडौंमा काठमाडौं क्षेत्र नम्बर– ४ सांसदको कार्यालय उद्घाटन गर्दै थापाले निर्वाचन अघिको गठबन्धन भत्काएर पुष १० गते अप्राकृतिक गठबन्धन बनाउने गल्तीलाई सच्चाइएको बताएका हुन् ।

    निर्वाचनमा फरक–फरक उद्देश्य भएका दलले गठबन्धन बनाएर जनताकाबीच मुलुक बनाउने प्रतिवद्धता गरेको र निर्वाचनपछि जनतामाझ गरेको प्रतिवद्धता पालना नगरेकाले अहिले ढिलो भएपनि निर्वाचन अघिको गठबन्धनलाई ब्युँताउनु सफल भएको उनले बताए ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री मात्रै हुने कुरा सोचेको भए अहिलेको गठबन्धन नै नबन्ने भन्दै उनले अहिलेको गठबन्धन पदका लागि नभएको दाबी गरे ।

    थापाले अब गठबन्धनलाई बलियो बनाएर सरकारलाई सफल बनाउनुपर्ने बताए । उनले जनतालाई कामले परिणाम दिन नसके फेरि अफ्ठ्यारो अवस्था आउने भएकाले झ्याल ढोका बन्द गरेर काममा लाग्नुपर्नेमा जोड दिए ।

  • सम्बन्धित विषय:

  • # गगन थापा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology