Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सोमबारदेखि आन्तरिक उडान यात्राका लागि नयाँ नियम

सोमबारदेखि आन्तरिक उडान यात्राका लागि नयाँ नियम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३, २०७७ शनिवार • १६:२४:४६ बजे
  • 1.8K
    SHARES
  • सोमबारदेखि आन्तरिक उडान यात्राका लागि नयाँ नियम

     आन्तरिक यात्राका लागि नयाँ नियम बनाइएको छ । यात्रुले पालना गर्नुपर्ने नियमसहित छिट्टै नागरिक उडड्यन प्राधिकरणले सूचना जारी गर्ने तयारी छ । सिट प्लानिङमा कुनै पनि परिवर्तन नहुने भएपछि नयाँ नियम लागू गरिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय स्रोतले जनाएको छ ।

    images

    आन्तरिक उडानमा यात्रा गर्ने यात्रुले बोडिङ पास लिनु भन्दा पहिले हेल्थ डिक्लेरेसन फर्म भरेर एयरलाइन्समा बुझाउनु पर्ने हुन्छ । मास्क अनिवार्य प्रयोग गर्नूपर्ने, विमानमा प्रवेश गर्ने र बाहिरिने समयमा भौतिक दूरी कामय गर्नुपर्छ ।

    त्यस्तै विमानभित्र एयरलाइन्सले बनाएका आन्तरिक नियमको पालना गर्नुपर्नेछ । मास्क र भाइजरलाई ठिक ढंगले लगानुपर्ने हुन्छ । अर्को व्यक्तिलाई छुने वा कसैको सामाग्री चलाउने गर्न पाइने छैन ।

    विमानस्थलमा पनि भिड बढ्न नदिनका लागि मौसम, प्राविधिक वा अन्य कुनै कारणले ढिलो हुने भएमा एयरलाइन्सले यात्रुलाई एसएमएस गरेर पूर्व सूचना दिनुपर्ने, उडान तालिका सार्वजनिक गर्नूपर्नेलगायतका नियम पनि परिवर्तन गरिएको छ ।

    अहिले निश्चित क्षेत्रमा उडान गर्ने एयरलाइन्सले अक्टोबर १ देखि भने बजारको आवश्यकता अनुसार उडान तथा अवतरणको तालिका बनाउन पाउने छन् ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology