Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जनमत सरकारबाट नबाहिरिने

जनमत सरकारबाट नबाहिरिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १६, २०७९ मंगलवार • १५:५७:०२ बजे
  • 391
    SHARES
  • जनमत सरकारबाट नबाहिरिने

    जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफुहरु सरकारबाट नबाहिरिने बताएका छन् ।

    images

    आज (मंगलवार) काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रिय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राउतले जनमत पार्टी सरकारबाट नबाहिरिने बताएका हुन् ।

    जनमत पार्टीका लागि सरकार छोड्नुपर्ने कुनै परिस्थिति नआएको उनले बताए । उनले भने, ‘अहिले त्यस्तो कुनै महत्वपूर्ण परिस्थिति भएको छैन जसले सरकार बाहिर आउनु परोस् भन्ने परिस्थिति बनेको छैन ।

    सरकारबाट बाहिरिने कुनै परिस्थिति नै बनेको छैन जनमत पार्टीको । अरु पार्टीहरु त माग पूरा भएन, कसैलाई राष्ट्रपति भएन, कसैलाई मन्त्रालय भएन भनेर बारिरिएको हो । जनमत पार्टीको लागि कुनै त्यस्तो कुनै नयाँ परिस्थिति सिर्जना भएको छैन । त्यही भएर जनमत पार्टी सरकारमा यथावत छ ।’

    अध्यक्ष राउतले माओवादी केन्द्रकै नेतृत्वमा सरकार रहेकोले सरकार बदलिएको भन्न नमिल्ने पनि बताए । सरकारमा सामेल भएका दलहरु फेरिने भए पनि सरकार नफेरिने उनको भनाइ छ । उनले भने, ‘अहिले पनि माओवादीकै नेतृत्वमा सरकार छ । सरकार कहाँ बदलिएको छ त ? सरकारमा सामेल भएका दलहरु फेरिएका ।

    सरकार फेरिएको छैन । सरकार बदलिएको होइन ।’ अध्यक्ष राउतले राष्ट्रपतिमा आफूहरुले स्वच्छ छवि भएको र दल विशेषको भूमिका नखेल्ने व्यक्ति खोजेको उल्लेख गर्दै उनले सोही बमोजिमको पात्रको रुपमा रामचन्द्र पौडेललाई समर्थन गरेको बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology